जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

२०८१ फाल्गुन २१, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, २१ फागुन । जबर्जस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ परेका  छन । जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ  मंगलबार परेका  हुन ।

निज व्यक्ति स्याङ्जा पुतली बजार वडा नम्बर १४ बस्ने नारायण गिरीको छोरा ५१ वर्ष को  विष्णु गिरीलाई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी  हरी प्रसाद पौडेलले जानकारी दिनुभयो।

फरार व्यक्ति कास्की जिल्ला अदालतबाट फाल्गुन २ गते पक्राउ अनुमति प्राप्त भए पश्चात जिल्ला प्रहरी कार्यालय कास्की को १३ गतेको पत्र प्राप्त पश्चात खोजतलास सुरु गरेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो।  गिरीलाई घर मा नै मंगलबार फेला पारि पक्राउगरिएकाे छ । निज लाई छ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी स्रोत बाट खुल्न गएको छ भने निज व्यक्ति नेकपा एकीकृत समाजवादी पार्टी गण्डकी प्रदेशको उपाध्यक्ष र स्याङ्जा जिल्लाका पार्टी अध्यक्ष रहेको समेत प्रहरी स्रोतबाट खुल्न गएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय