पूजा खड्का
स्याङ्जा, २४ फागुन । संघीय सांसद राजु थापाले देशमा ४८ साल अघिको तुलनामा धेरै विषयमा परिवर्तन र सहजता आएको बताउँदै उत्पादनमा जोडिएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाले श्री सिद्धार्थ माध्यमिक विद्यालय फेदीखोलाको स्वर्ण जयन्तीको कार्यक्रमको दोस्रो दिन बिहीबार बोल्दै उत्पादनमा जोडिएर अघि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभएको हो।
सांसद थापाले ४८ साल अघि हाम्रो विकासको अवस्था धेरै कमजोर थियो। खानेपानी, शिक्षा, स्वास्थ्य,यातायात, लगायत विविध विषयमा धेरै समस्या थियो। उहाले तत्काल को समय को तुलनामा अहिले धेरै परिवर्तन भएको बताउनुभयो। अहिले खानेपानी शिक्षा स्वास्थ्य मा धेरै सहज छ तर अझ हुनुपर्ने धेरै बाकी छ भन्ने उल्लेख गर्नुभयो। त्यसै गरी थापाले महिला दिदीबहिनी को घरेलू हिंसा स्वास्थ्य शिक्षा अधिकार जस्ता धेरै विषयमा समस्या रहेको र अहिले त्यो अवस्थामा सुधार आई महिला दिदीबहिनी मा चेतनाको स्तर धेरै माथि पुगेको बताउनुभयो। त्यसै गरी महिला को सोचाइ र समाजले महिलालाई हेर्ने दृष्टिकोणमा फरकपन आएको बारेमा पनि उल्लेख गर्नुभएको थियो।
उहाले देशमा भ्रष्टाचार नभएको होइन त्यसको लागि छानबिन जरुरी रहेको उल्लेख गर्दै आवश्यक कारबाही र संविधान समय अनुसार परिवर्तन गर्न जरुरी रहेको पनि उल्लेख गर्नुभएको छ। त्यसै गरी उहाले धार्मिक विषय लाई उठान गर्दै महाकुम्भ मेला मा करोडौं मानिस ले डुबेको उल्लेख गर्दै त्यहा डुबुल्की मार्दै गर्दा छालाको समस्या आएको उल्लेख गर्दै हाम्रो मा शुद्ध कालीगण्डकी, मुक्तिनाथ जस्ता पवित्र स्थान थुप्रै भएको तर हामीले प्रचार प्रसार गर्न नसक्दा ओझेल मा परेको विषय लाई उजागर गर्नुभयो। उहाले पर्यटन हाम्रो विकासको एक मार्ग हो तर हामीले हाम्रा सम्पदा को प्रवर्द्धन र प्रचार गर्न नसक्दा हामी पछि परेको र आर्थिक अवस्था मजबुद गर्न सकेका छैनौं भन्ने उल्लेख गर्नुभयो।
उहाले जनताको आवश्यकता र संविधानको कारण कांग्रेस र एमाले गठबंधन गर्नुपरेको उल्लेख गर्दै आउँदो समय खुला प्रतिस्पर्धामा अघि बढ्ने बताउनुभयो। त्यसै गरी कांग्रेस ले नदीनाला बेचेर खायो भन्ने जुन आरोप छ त्यो निजी क्षेत्रमा १३ खर्ब भन्दा बढी लगानी बढाउदा नै देशमा लोड शेडिंग मा कमी हुँदै गएको उल्लेख गर्दै उहाले निजी क्षेत्रलाई जोड दिन आवश्यक रहेको पनि उल्लेख गर्नुभयो।
उहाले विद्यालयमा विद्यार्थीलाई नेविसंघ अनेरास्ववियु बनाउने नभई राष्ट्र प्रति भाबना जगाउने राष्ट्रप्रति वफादार बढाउन प्रेरित गर्ने भावनाको विकास गराउन गुरु हरुलाई आग्रह गर्दै आफूले पढेको सीप राष्ट्रमा प्रयोग गर्न लगानी गराउन सिकाउने बनाउन प्रेरित गर्न जोड दिन आग्रह गर्नुभयो। उहाले आफ्नो देशमा आफ्नो माटोमा पसिना बगाउन सके मुलुक बन्छ त्यसको लागि हामीले पहल गर्नुपर्छ समय अनुसार आवश्यक विषय परिवर्तन गर्दै आर्थिक समृद्धि मा जोड दिनुपर्छ । यसको लागि हामी सबैले पहल गर्नुपर्छ आर्थिक समृद्धि बाट नै नेपालको सम्भावना रहन्छ भन्दै नेपालको भविष्य र नेपाली भएर रहन हाम्रो मा प्रसस्त सम्भावना भएको उल्लेख गर्नुभयो।यसको सदुपयोग र कार्यान्वयन आवश्यक छ भन्दै सबै जुट्न आग्रह गर्नुभएको थियो ।