नेपालको वर्तमान परिस्थिति लाई नियाल्दै गर्दा कुनै पनि तंत्र आएपछि व्यवस्था आफै परिवर्तन हुने जस्तो देखिन लाग्यो। शासन प्रणाली जुनसुकै तन्त्रमा रहे पनि अवस्था परिवर्तन को लागि उत्पादन गर्ने पर्छ भन्ने सोच नभएको हो या व्यवस्थाले आफै परिवर्तन गर्ने हो यो सोच र सचेतना हामीमा जाग्नुपर्छ ।
शासन प्रणालीलाई दोष लगाएर भन्दा पनि शासन गर्ने मतियार दोषी होला भनेर आम मानिसले सोच्न नसक्नु दुःखद विषय हो। राणा शासन आयो झेलियो राजतन्त्र पनि हामीले झेलेकै हो। राजतन्त्र राम्रो भएन भनेर राष्ट्रपति बनाउने पद्धति हामीले नै तय गरेको हो गणतन्त्र आए पछि सब ठीक हुन्छ सुधार हुन्छ भनेर कोशिश गरेकै हो आखिर जस्ताको तस्तै रह्यो यसको बारेमा हामीले मूल्यांकन गर्नुपर्ने सोच्नुपर्ने समय अव त आउनुपर्ने होइन ररु
राष्ट्रियता बलियो बनाउन देश भित्र अवसर प्रदान गर्न उत्पादन मा देश भित्र सम्भावनालाई जोड दिने विषयमा हामी किन मौन रहन्छौ ? यस विषयमा हामी किन आवाज बुलन्द गर्न सक्दैनौं समस्या को विषय रह्यो। जुनसुकै तन्त्रमा पनि गास बास कपास आवश्यक रहन्छ भने हामी गास बास कपास सहज हुने बाताबरण को खोजी किन नगर्ने रु
हामीले राणा शासन भोग्दै यस व्यवस्थाले दिएका ज्यादती सहँदै राजतन्त्र अवलम्बन गर्यौ राजतन्त्र मा पनि समस्या देखेर गणतन्त्र प्रवेश गर्दै गर्दा अव हामीमा केहि नया सिकाई हुनु पनि जरुरी नै होइन र रु यसको लागि अव हामी अघि बढ्ने की पछि फर्कने हामी निर्णय गर्नुपर्ने की पछि फर्कनका लागि कसरत गरिरहने त रु
हामिलाई शासन व्यवस्था ले के गर्यो त तंत्र मा हामी किन अल्झिने त ?
राजतन्त्र भए पनि गणतन्त्र भए पनि हामीलाई चाहिएको सहज जीविकोपार्जन हो । सुशासन, रोजगार ,शान्ति, उत्पादन ,स्वतन्त्रता, चाहिएको हो । हामी यस विषय मा जोड किन नगर्ने हामीलाई चाहिएको विकास निकास हो भने त्यसको लागि आवश्यक छलफल गर्न सहजता ल्याउन कोसिस नगर्ने राजावादी गणतन्त्रबादी भन्ने विषय मा किन लागिरहने त रु यसले आम नागरिक लाई के फाइदा भएको छ त । देश सुन्दर शान्त बनाउन राज्यले के गर्ने अनि नागरिक ले के गर्ने भन्ने जिम्मेवारी पूर्वक काम गर्नुपर्ने ठाउँमा तन्त्रको पछि किन लाग्ने ।
राजा कै पालामा माओबादी संकट काल आएकै हो जनता मारिएकै हुन के अव राजा आउँदै गर्दा मरेका जनता विउँझिने, सिन्दुर पुछिएका विधवा हरु सदवा हुने, टुहुरा अनाथ बेसहारा बालबालिका सडक मा मन्दिर मा रहनुपर्ने अवस्था को अन्त्य हुने, पारिवारिक वातावरण मा रमाउने हो बुझ्न गाह्रो भएको विषय हो। भत्किएका संरचना आफै बन्ने, देशमा बेरोजगार अन्त्य हुने, विदेशिएका नेपाली देश भित्रै आइहाल्ने,देश भित्र का आवश्यक समस्या समाधान भएर विकास भइहाल्ने , छोराछोरी विदेशिएर अनाथ रहेका बुढाबुढी आमा बुवा छोरा छोरी बुहारी आएर हर्ष का साथ रहने अवस्था नै आउने हो र । अहिले सम्म भएका समस्या सुल्झेर अवस्था परिवर्तन हुने हो भने सबै मिलेर आन्दोलन गरौ किन आनाकानी गर्ने । होइन भने आवश्यक विषय के हो कहा काम गर्दा सुधार हुन्छ त्यस विषय मा ध्यानाकर्षण गर्नुपर्ने होइन र।
राणा फालेर प्रजातन्त्र ल्याउँदै गर्दा धेरै विषय मा स्वतन्त्रता पाएका हामी गणतन्त्र आउँदै गर्दा अवलम्बन गर्दै गर्दा फेरि समस्या किन आएको छ दुःखदायी विषय हो। यसको लागि हामीले आन्दोलन कहा के को लागि गर्नुपर्ने हो यस विषय मा हामी किन सजग रहन सकेनौं । हामी कसैलाई कुर्चिमा बसाउन आन्दोलन गर्न तयार छौं भने हामी परिवार भित्र देशको माटो को सदुपयोग गरेर बस्न किन आन्दोलन गर्दैनौ । देश को हितको लागि हामी आवाज किन बुलन्द गर्दैनौ ।
सही गलत के हो नहेरी किन अन्धभक्त बनेर कसैको पछि परेर विविध गतिविधि गरिरहन्छौं यो बाताबरण हामी मा किन रहन पुग्यो अव सजग किन नरहने ।
व्यक्ति हरेक ठाउँ सही नहुन सक्छ भने हरेक ठाउँ गलत पनि हुँदैन । त्यसैले सही र गलत को राम्रो पहिचान गरेर विषय र विचार लाई मूल्यांकन हामीले कहिले गर्ने हो यस विषय मा किन अन्धोभक्त भइरहने , किन कानुन को उल्लंघन गर्ने गरी काम गर्न अघि सर्ने हो । यसको लागि गलत भए आन्दोलन गर्न र सही भए प्रोत्साहन गर्न किन पछि पर्ने यस विषयमा नागरिक बीच एकता कहिले हुने हो विडम्बना को विषय भएको छ।
मतदान गर्नु नैसर्गिक अधिकार हो आआफ्नो इच्छा बौद्धिकता प्रयोग गरेर मतदान गरियो अव हामीले मतदान गर्ने उमेदवार बचाउने गलत गरेपनि सही मान्ने नभई गलत भए खवरदारी मा किन नजुट्ने समस्याको विषय हो। मतदान गरेको पार्टीको सबै कुरा राम्रा र विपक्षी पार्टीका सबै नराम्रा भन्ने सोच त्याग्नुपर्छ। परिस्थिति र समय हेरिकन यस विषय मा छर्लङ्ग भएर अघि बढ्नुपर्ने ठाउँ मा तंत्र को पछि किन पर्नु दुःखद विषय हो। आखिर जुन तंत्र मा पनि समृद्धि ल्याउन सुशासन ल्याउन आम नागरिक विधि विधान मा रहेर स्वतन्त्र रहने हाम्रो चाहना हो आवश्यकता हो भने किन तंत्र को लागि लड्ने किन हामी अन्याय, अत्याचार, अपराध, भ्रष्टाचार, गरिबी, रोग, भोक बेरोजगारीको लागि नलड्ने त ।
इमान्दारिता सर्वोत्कृष्ट नीति हो भने इमान्दार भएर अघि बढ्न र गलत गर्ने जो कोही लाई पनि कारबाही को माग राख्न किन नसक्ने दुःखद विषय हो। अव पनि राजतन्त्र गणतन्त्र भनेर आन्दोलन गर्दै उफ्रने की गरिबी अन्याय अत्याचारको विरुद्ध उफ्रने सोचनीय समय आएको होइन र अव । यदि कुनै तंत्र आउँदैमा परिवर्तन हुने भए राजतन्त्र भोगेकै हो गणतन्त्र भोगिरहेका छौ किन स्थिति जस्ताको तस्तै छ त किन अवस्था मा परिवर्तन हुन सकेन । फेरि हामी राज तंत्र भन्दै कराउनु को औचित्य के हो त ।
कहिले चाहिँदैन भनेर धपाउने कहिले आवश्यक पर्यो भनेर रोई कराई गरिरहने बानीले सुशासन र विकास सम्भव हुन्छ र । रोई कराई गरेर खतम भयो बिग्रियो भनेर बिग्री हाल्ने र सुधार भयो भनेर सुधार भई हाल्ने पनि त होइन । सुधारको लागि हामीले पहल गर्नुपर्ने हाम्रो जिम्मेवारी होइन र । त्यसैले समय मै आवश्यक कदम चालौ व्यक्तिको पछि होइन सही विचार लिदा साथ दिने काम गरौं गलत हुँदा विरोध गरेर सच्चिन बाध्यता छर्न सकौं न कि गलत गर्दा बचाउन र सही भए पनि विरोध गर्ने बानी त्यागौं ।
मानव जिउन तंत्र ले केहि गर्दैन । जिउनको लागि संघर्ष गर्नु जरुरी छ। उत्पादन बढाउन जरुरी छ सुशासन मा रहनु आवश्यक छ भने के गर्दा सुशासन छाउँछ के गर्दा उत्पादन बढाएर देशमा समृद्धि ल्याउन सकिन्छ जिउन सकिन्छ सहजता ल्याउन सकिन्छ यस विषय मा पहल गरौ ।
उत्पादन बढाउने विषय मा सहजता का विषयमा अशान्ति अन्त्य गर्ने विषय मा सुशासन लाई जोड दिने विषय मा छलफल गरौ विकल्प निकालौं तर कसैलाई गद्दीमा राख्नको लागि कसैलाई धकेल्नको लागि पछि नपरौं। एक जाने हो अर्को आउने हो भने आइरहन्छन् गइरहन्छन् यसको पछि लागेर केही हुँदैन । निश्चित व्यक्तिको खुशीको लागि नभै देश र राष्ट्रियताको सवालमा रहेर नया पुस्ताको पनि चिन्तन गरेर अघि बढ्ने र उदाहरणीय बन्ने तवरमा अघि बढौ । यसले आफूलाई मात्र होइन देशको माटो लाई फाइदा रहोस जिउने हरेक को कल्याण होस भन्ने तवरमा अघि बढौ जसले आत्माको शान्ति मिल्छ । मानव हुनुको धर्म पनि हो।
त्यसैले कहिले थुक्ने कहिले त्यही थुक चाट्ने होइन थुकेको थुक को ठेगान लगाएर अघि बढ्ने सोच हामीमा आउनुपर्छ। थुक निल्दा कस्तो निल्ने र कस्तो थुक्ने भन्ने विषय समय मै तय गरेर अघि बढ्नु आवश्यक छ। थुकेको थुक चाट्दा जति स्वास्थ्यको लागि हानिकारक हुन्छ त्यही किसिमको हानि राजतन्त्र र गणतन्त्र ले देशको लागि नल्याओस । लोकतन्त्रको उत्तम विकल्प लोकतन्त्र नै हो । त्यसैले अव अवस्था परिवर्तन कसरी गर्न सकिन्छ यस विषयमा मध्यनजर गर्दै चिन्तन मनन गरौ छलफल गरौं निष्कर्ष निकाल्न लागौं यसमा विकल्प खोजौं ।
देशको माटो को सदुपयोग गरौं ठाउँ अनुसारको के गर्दा बढी फाइदा गर्न सकिन्छ त्यही तरिकाले उपयोग गरौ । पर्यटक आकर्षण गर्न सकिन्छ पर्यटकीय तवरमा विकास गरौ । उर्वर माटो छ भने माटोको सदुपयोग गरेर कृषिमा प्रोत्साहन गरौ कुन माटोमा के राम्रो हुन्छ त्यही अनुसार खेतीपाती तय गरौ । खेतीपाती पर्यटक आकर्षण गर्न नसक्ने ठाउँ मा कल कारखाना लाई जोड दिएर अघि बढौ । वितरण मुखी नभएर उत्पादनमुखी क्षेत्रलाई बढी महत्व दिने बाताबरण तय गरौ ।
हिजोको गणतन्त्र विरोधी सन्दर्भ हेर्दा राजा गद्दी मा बसेपछि समाधान भइहाल्छ भन्ने देखियो । आखिर व्यक्तिको पछि लाग्ने प्रवृति किन पर्यो । आखिर पूर्ब राजा ज्ञानेन्द्र ले के चै राम्रो काम गरेका थिए र देश लाई कुन संकट बाट जोगाएका थिए र हामी पछि परेका छौं त । यस विषय का बारेमा आन्दोलन मा सरिक व्यक्तिले जबाफ दिने होकी हामी आफै राम्रो काम गरेका थिए भनेर अन्ध धुन्ध साथ दिने हो त । राजा वीरेन्द्र ले बरु पञ्चायत को अन्त्य गर्न सहायता गरेको सुन्न पाइन्छ अहिले आन्दोलन गरिरहदा राजा ज्ञानेन्द्रले कहा सहायता गरेर देश र जनतालाई सहजता ल्याए एक योगदान सुन्न मन लागेको छ यस विषय मा चित्त बुझ्दो जबाफ को पर्खाइ मा पनि छु।
पार्टी कै प्रसङ्ग को कुरा गर्ने हो भने एकै पार्टीमा पनि तालमेल मिलेको देखिँदैन । विचार फरक हुन्छन् स्वाभाविक हो तर निचोड को उद्देश्य मिल्न सकेन भने पार्टीको अर्थ रहँदैन । राप्रपा को कुरा गर्ने हो भने कोही गाई का राप्रपा कोही हलो चिन्ह का राप्रपा कोही सूर्य चिन्ह लिएर उमेदवार उठ्ने राप्रपा अव जनताले कसरी विश्वास गर्ने की राप्रपा ले उठाएका एजेण्डा ठीक छन् भनेर जब पार्टी मा एक्यवद्धता छैन भने देशमा एक्यवद्धता ल्याउन सक्ला सोचनीय विषय रह्यो।
राजनैतिक दल देश र नेताको लागि नभइ व्यक्तिगत पद ग्रहण गर्नमा हौसिएको देखियो। यस किसिमको गतिविधि बाट कसरी विश्वास गर्न सकिन्छ कि सुशासन आउँछ भनेर । यही प्रसङ्ग मा काठमाण्डौ का मेयर बालेन्द्र शाह ले फोहर गरे बापत एक लाख बुझाउन विज्ञप्ति निकालेको प्रसङ्ग हेर्दा राप्रपा कै व्यक्ति त्यसको बिरोध गरेर राप्रपा को आन्दोलन होइन राजावादीको आन्दोलन हो भन्ने राप्रपा का अर्का व्यक्ति दण्ड बापत फोहर गरेको महशुस गरि तोकिएको रकम पश्चाताप गरी बुझाउनुपर्ने मा खुशी साथ बुझाएको देखियो। हामीले फोहर गरियो केही टुटफुट भयो भनेर सफाई मा अघि नबढी दण्ड स्वरुप रकम तिर्न अघि बढ्यो कहा बाट आउँछ यसरी रकम सोचनीय विषय रह्यो। दण्ड स्वरुप गरिएका गतिविधि को जिम्मा लिनु सकारात्मक पक्ष हो भने दण्ड मात्र को नगद होइन हामी सफाई पनि गर्दछौं नभन्नु दुःखद हो । रकम तिरेपछि छुट पाउनु पनि दुःखद विषय हो । यसबाट के देखिन्छ भने पैसा तिरेपछि छुट हुने प्रवित्ति ले समस्या निम्त्याउँछ भन्ने हेक्का हुनु पनि आवश्यक रहन्छ। गलत सुधार गर्ने गरी काम गर्नु आवश्यक पनि हो । सुशासन को लागि दण्ड मात्र सही होइन सच्चाउने काम गर्नु पनि आवश्यक हो। यसमा सफाई पछि दण्ड अलग हुनुपर्छ, तब सुशासन को विधि फरक रहन्छ।
पैसा तिरे छुट पाउने प्रवित्ति ले सुशासन ल्याउन समस्या पर्छ यसको लागि पनि व्यवस्था मिलाउनु जरुरी छ। दण्ड स्वरुप मान्छे मार्यो भने जिउँदो बनाउन सकिँदैन तर जन्म कैद गरेर दण्ड दिन सकियो भने फरक प्रभाव पर्छ । दण्ड स्वरुप नगद लिने प्रविर्ती ले कानुन मा समस्या निम्त्याएको छ यस विषय मा पनि व्यवस्था हुनु जरुरी छ।
सत्तामा रहिरहन गरिने गठबंधन ले पार्टी का सिद्धान्त मा समस्या ल्याएको छ भने ठूलो दलले सरकार बनाउने नीति पनि आवश्यक छ। जनमत नभएको दल पार्टी को मुख्य पदमा रहेर समस्या ननिम्तियोस् । जनताको जन म्यान्डेट भन्ने घमण्ड गर्न नसकोस् । यस विषयमा पनि सोचबिचार गरी कानुन संशोधन हुनु जरुरी छ।
सरकार रहिरहन एक अर्का का गलत कदम ढा क छोप र चुनावको मिशन राखेर मात्र होइन देशको चिन्तन गर्ने प्रवृत्ति कसरी उत्पादन बढाउन सकिन्छ भन्ने चिन्तन र कसरी देशको माटोमा युवा लाई अघि बढाउन सकिन्छ र आत्मनिर्भर गराउन सकिन्छ भन्ने चिन्तन सबै पार्टी ले गर्नु जरुरी छ।
अहिले को परिस्थितिमा ८४ को मिशन भन्दा नेताहरु बाट केही सुन्न पाइँदैन । कोही पनि तयार छैन कि ,८४ सम्म हामीले अवस्था परिवर्तन गर्न सकौं देशमा समृद्धि को लागि सुशासनको लागि छलफल गर्न सकौं । छ त केवल ८४ को दावा मात्र । ८४ नजोडिए सम्म भाषण नै हुँदैन । त्यसैले अव यी यस्ता प्रवित्ति परिवर्तन नगरिकन विकास र निकास ल्याउन सकिँदैन । यसको लागि पद मा रहने हरुले आफ्नो भूमिका र जिम्मेवारी सही तरिकाले सदुपयोग गरेर अघि बढ्न आवश्यक छ। राम्रो परिणाम मुखी काम गर्यो भने परिणाम लिएर जानुपर्दैन आफै परिणाम हेरेर पार्टी खोज्दै व्यक्ति आउँछ नागरिक आउँछ । उमेदवार ले व्यक्ति खोज्दै हिँड्नुपर्दैन । नेता तथा उमेदवार कार्यसम्पादनको मूल्यांकन आम नागरिक ले गर्ने किसिमबाट प्रस्तुत हुन आवश्यक छ। आम नागरिक पनि सचेत र सजग रही अन्धभक्त नबनी प्रस्तुत हुन जरुरी छ । जसले एक उमेदवार जित्ने नभै आम नागरिक ले जित्ने बाताबरण सृजना होस तब समृद्ध नेपाल बनाउन सकिन्छ ।
यो तंत्र ले गर्छ की अर्को तंत्र ले गर्छ की भनेर तन्त्रको पछि लाग्नु पर्दैन । जुन तंत्र भए पनि अवस्था बदल्न सकोस् भनेर गरिबी अन्याय अत्याचार अपराध को बिरुद्द उफ्रने सोच जागोस् । तंत्र समस्या होइन रोग भोक गरिबी अन्याय अत्याचार समस्या हो भनेर सही ठाउँ मा आन्दोलन गर्ने तागत हिम्मत बुद्धि हामीमा रहोस तबमात्र परिवर्तन सम्भब छ।
पूजा खड्का
भिरकोट नगरपालिका,३ स्याङ्जा
(लेखक हेर्ने कुरा डटकम स्याङ्जा जिल्ला रिपोटर हुनुहुन्छ)