वालिङ बहुमुखी क्याम्पसमा ने.बि.संघ बाट स्ववियु सभापतिको उम्मेद्बारी दिने को हुन् निरज श्रेष्ठ ?

२०८१ चैत्र २, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुबेदी
स्याङ्जा २ चैत । स्याङ्जाको वालिङ नगरपालिका स्थित वालिङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट स्ववियु सभापति पदका लागि निरज श्रेष्ठ उम्मेदवार चयन हुनुभएकाे छ।

स्याङ्जाको वालिङ भुम्रेमा २०५८ सालमा जन्मिएका श्रेष्ठ हाल वालिङ बहुमुखी क्याम्पसमा बि.बि.एस चौथो बर्षमा अध्यानरत हुनुहुन्छ । विद्यार्थी राजनीति र संगठन निर्माणमा निकै सक्रिय रहेका श्रेष्ठ वालिङ बहुमुखी क्याम्पस मा २०७९ मा ने.बि.संघ उपसभापति र २०८१ मा सभापति समेत रहनुभएकाे छ।

श्रेष्ठ निडर, प्रखर वक्ता तथा संगठनकर्ता नेताको रूपमा पनि परिचित हुनुहुन्छ। विद्यार्थी हकहितका विषयमा निरन्तर लागिपरेका श्रेष्ठले संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आउनुभएकाे छ।

स्ववियु सभापति पदका उम्मेद्बारका रुपमा चयन भएपछि श्रेष्ठलेले विद्यार्थी हकहितका कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभएकाे छ। शैक्षिक क्षेत्रमा सुधार, बिद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति पारदर्शी बनाउने,परिष्कृत क्याम्पस जीवन,पर्यावरणीय स्थिरता,विद्यार्थी आवाज र प्रतिनिधित्व,IT शिक्षामा प्राथमिकता, मुख्य एजेन्डा रहेको श्रेष्ठले बताउनुभएकाे छ।

सभापतिमा श्रेष्ठ संगै ममता रेग्मी सचीव पदमा र विवेक कुवर कोषाध्यक्ष पदको लागि उम्मेद्बारी चयन हुनुभएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय