काठमाडौँ, २ चैत। पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआई नेपालका लागि बिकास र समृद्धि हासिल गर्ने अवसर भएको बताउनुभएको छ ।
फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले बिआरआईबाट फाइदा दिदै यसलाई बिकास र समृद्धिको अवसरको रुपमा लिनुपर्ने बताउनुभयो । बिआरआई अवधारणा विश्वव्यापी विकास परियोजनाका रुपमा रहेको उहाले बताउनुभयो ।
खनालले पूर्वाधार विकास, सम्पर्क सञ्जाल विस्तारलगायतमा बिआरआईले अभूतपूर्व अवसर प्रस्तुत गर्ने धारणा राख्नुभयो । बिआरआईलाई चिनियाँ ऋणको पासोका रुपमा केहीले टिप्पणी गर्ने गरेको उल्लेख गर्दै उहाँले बिआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि फाइदा नै देखिएको बताउनुभयो ।
त्यस्तै नेपालका लागि चिनियाँ राजदूत छन् सङले नेपालको विकास प्रयासमा चीन सदैव सकारात्मक रहेको बताउनुभयो । चीन विश्वकै प्रमुख व्यापारिक केन्द्र बन्दै गएको भन्दै उहाले आयातमा समेत चीन निकै अगाडी रहेको जानकारी दिनुभयो । उहाले बिआरआईका कुनै अन्यौलमा पर्नुपर्ने कारण नरहेको र यसमार्फत पूर्वाधार, सूचना प्रविधि, औद्योगिकीकरणका काम अघि बढेको जानकारी दिनुभयो ।
उहाले अहिले बिधुतिय सवारी साधानमा चीन विश्वकै धेरै उत्पादन गर्ने मुलुक बन्न सफल भएको बताउनुभयो । कार्यक्रममा नेपालमा विआरआई कार्यान्वयनः अवसर र चुनौतीलगायत विषयमा छलफल गरिएको थियो ।