काठमाडौँ ३ चैत। प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्त बोल्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले आपत्ति जनाएपछि लफडा भएको छ । सांसद पन्तले राजसंस्थाको बारेमा बोलिरहनुभएकाे थियाे । उहाँले राजाहरूले गरेका गल्तीहरूका बारेमा बोल्दा राप्रपा सांसद शाहीले आपत्ति जनाएपछि भनाभन भएको थियो ।
उहाँले नभएका कुरा बोल्न नपाइने भन्दै आपत्ति जनाउन खोजे पनि सभामुख देवराज घिमिरेले बोल्न दिनुभएन । तर, उहाँले आपत्ति जनाइरहेपछि केहीबेर लफडा भएको थियो । सांसद शाहीले बोल्न समय मागिरहनुभयाे । त्यसपछि सभामुख घिमिरेले भन्नुभयाे, ‘मैले तपाइलाई बोल्न दिएको छैन, बोल्न दिएका माननीयज्यूलाई बोल्न दिनुहोस् ।’
त्यसैबिचमा सांसद पन्तले आफूसँग बहस गर्न इतिहास पढेर आउन चुनौती दिनुभयाे ।