स्याङ्जा , १० चैत । कालीगण्डकी नदी हाम फाली रामपुर नगरपालिकाका एक पुरुष बेपत्ता भएका छन् ।
बेपत्ता हुने रामपुर नगरपालिका १० का ५८ वर्षीय मेघनाथ कुमाल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रवेश तिवारीले जानकारी दिनुभयो।
कुमाल आज दिउँसो चापाकोट नगरपालिका १ तेउनासको झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा हाम फाली बेपत्ता भएका हुन ।
बैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेको छोरीलाई सामान पठाउन भनी घरबाट हिडेकोमा उक्त स्थानमा नपुगी कालीगण्डकी नदीमा हाम फाली बेपत्ता भएको प्रहरी जनाएकाे छ ।
खोजि कार्य जारी रहेको छ ।