काठमाडौं ,१३ चैत। विपक्षी दलको अवरोधपछि आधा घण्टा स्थगित गरिएको प्रतिनिधिसभा बैठक दिउँसो ३ बजेसम्मको लागि पुन: स्थगित गरिएको छ । उक्त समयमा पनि बैठक सुरु हुन नसकेपछि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गरी ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभयाे ।
सूचनामा भनिएको छ, ‘प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९२० को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको ३ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’