पूजा खड्का
स्याङ्जा, १३ चैत । पुतलीबजार नगरपालिकामा नाबालिकालाई जबर्जस्ती करणी गरेका एक युवक पक्राउ परेका छन । मंगलबार जबर्जस्ती करणी गरेका एक युवक पक्राउ परेका हुन ।
१३ बर्षकि नाबालिकालाई डर त्रासमा पारी जबर्जस्ती करणी गरेको अाराेपमा पुतलीबजार नगरपालिकाका वडा नम्बर ७ बस्ने सुन्दर गौतम पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरि प्रसाद पौडेलले जानकारी दिनुभयो।
निज व्यक्तिलाई जबर्जस्ती करणी शीर्षमा मुद्धा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालत बाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जानकारी प्रहरी स्रोत बाट खुल्न गएको छ।