पूजा खड्का
स्याङ्जा, १४ चैत । “राष्ट्रियता, लोकतंत्र, समाजवाद र किसान एकता” भन्ने मूल भाव सहित स्याङ्जा जिल्ला नेपाल किसान महासंघको नियमित बैठक सम्पन्न भएकाे छ ।
बिहीबार अध्यक्ष युवराज केसिको अध्यक्षतामा नियमित बैठक सम्पन्न भएको हो।
कार्यक्रम स्याङ्जा जिल्ला नेपाली कांग्रेसको पार्टी कार्यालयमा किसान महासंघको कृषि कोष स्थापना गर्ने,जनप्रतिनिधि सङ्ग किसान कार्यक्रम र क्षत्रिय तथा प्रदेश स्तरीय समिति बनाउने मुख्य उद्धेश्य सहित किसान संघमा आबद्द सहभागी टोल वडा देखि केन्द्रीय स्तरका प्रतिनिधि सदस्य सङ्ग छलफल र अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा सहभागी सदस्यहरूबाट कृषि कार्यक्रम गर्दै गर्दा किसानका समस्या र आवश्यकता के के छन् भनेर किसानका समस्या पहिचान देखि विविध विषयमा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा नेपाल किसान महासंघका केन्द्रीय प्रतिनिधि तथा नेपाली कांग्रेस महासमिति सदस्य भिरकोट नगरपालिकाका प्रथम मेयर छायाराम खनालले किसानका समस्या का विषयमा स्थानिय निकायसंग समन्वय गर्दै अघि बढ्न आवश्यक रहेको जानकारी गराउँदै स्थानिय निकाय तथा कृषि सहजिकरण संस्थासँग आई पि एम पाठशाला मार्फत कृषि सम्बन्धी विविध विषयमा कृषि शिक्षा लिन, मौसमी बेमौसमी खेती र बालि का विषयमा जानकारी गराउँदै समन्वय र सहकार्य गर्दै अघि बढ्न सकेमा कृषि क्रान्ति गर्न सकिन्छ भन्दै आफ्ना धारणा व्यक्त गर्नुभयो।
त्यसै गरी कार्यक्रममा नेपाल किसान महासंघका केन्द्रिय सदस्य दीपक रोकाहाले कृषि कोष स्थापना गरी कृषि उत्पादनमा जोड दिँदै कृषि सहजीकरणको लागि संस्था सङ्ग समन्वय गर्दै अघि बढ्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा किसान महासंघकी जिल्ला उपाध्यक्ष तथा केन्द्रीय प्रतिनिधि सिता डुम्रेले संस्थालाई बलियो बनाउन कृषि मा देखिएका किसानका समस्यामा सहजीकरण गर्न वैकल्पिक तरीका अपनाउँदै सहकार्य र समन्वय गर्दै अघि बढ्न र उत्पादनमा सबैले पहल गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा सहभागी सदस्यहरूले कृषिमा भूगोल र माटो हेरेर उत्पादनमा जोड दिन, वन्यजन्तु तथा बाँदर आतंक हल गर्न, फलफूल खेती को बीमा सम्बन्धमा किसान मैत्री बाताबरणमा किसान संघलाई अघि बढाउन कृषिमा सहजीकरण बीउ बिजन मल विविध विषय मा सहजीकरण को लागि जोड दिन आवश्यक रहेको बताउनुभएको थियो। त्यसै गरी कृषि लाई प्राथमिकता को लागि स्थानिय स्तरमा उत्पादन भएका खाद्यान्न ले बजार पाउनुपर्ने विषयलाई जोड दिनुभएको थियो भने संघ संस्थाले कृषि सहजिकरण का लागि जोड दिएर कृषि मा सम्भावना देखाउन र युवा लाई कृषिमा जोड्न सकेमा वैदेशिक रोजगारमा निरुत्साहित गर्न सकिने स्वदेश मै सम्भावना र कृषिमा अघि बढ्न जोड दिन आवश्यक रहेको विषयमा उल्लेख गर्नुभएको थियो।
कार्यक्रममा किसान महासंघ जिल्ला अध्यक्ष युवराज केसीले कृषि क्रान्तिको लागि बीउ विजनको साथमा जल मल बलको सदुपयोग गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाले विविध कृषि सम्बन्धी विषयमा सहकार्य गर्दै अघि बढ्न आवश्यक रहेको र कृषिमा क्रान्ति गर्नको लागि व्यावहारिक रुपमा उत्पादनमा जोडिन बढी उब्जाउ गर्न आवश्यक रहेको बताउँदै कृषक का समस्या समाधानका लागि आफ्नो साथ र सहयोग रहने उल्लेख गर्दै मुख्य एजेण्डा माथि केन्द्रित भएर जनप्रतिनिधि सङ्ग किसान कार्यक्रमको लागि समय निर्धारण गर्दै कृषि शिक्षा सम्बन्धी विज्ञहरु संघ अन्तर्क्रिया गराउँदै कृषि विकासको लागि आफूले बीउ बिजन मल बजारीकरणको लागि सहजीकरण गर्दै अघि बढ्ने जानकारी गराउनुभयो।