काठमाडौं, १९ चैत । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कामबाट आफूहरू सन्तुष्ट हुन नसकेको बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले गियर परिवर्तन गर्नुपर्ने बताए ।
उनले भने, अहिले जनआक्रोश बढेको छ। तीनकुनेमा पनि त्यही देखियो। त्यो घटनाको निष्पक्ष छानबिन हुनुपर्छ। निराशा र कुण्ठित अभिव्यक्तिले मात्रै मुलुक बन्दैन । अहिले सरकार जसरी चलेको छ त्यसले कसैको चित्त बुझेको छैन । गियर परिवर्तन गर्नुपर्छ।’
उनले आफू हिन्दू धर्म मान्ने भए पनि राज्यले यही धर्म मान् भन्ने कसैलाई भन्न नमिल्ने बताए ।