तीनकुने घटनाबारे छानबिन आयोग गठन गर्न प्रमुख प्रतिपक्षी दलको माग

२०८१ चैत्र २२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, २२ चैत । चैत १५ मा तीनकुनेमा भएको राजावादीको प्रदर्शनको घटनाबारे अनुसन्धान गर्नका लागि छानबिन आयोग नै गठन गर्नुपर्ने प्रमुख प्रतिपक्ष दलले माग गरेको छ ।

प्रतिनिधिसभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रवारको बैठकमा नेकपा ९माओवादी केन्द्र०का प्रमुख सचेतक हितराज पाण्डे र माओवादी सांसद दुर्गा राईले यस्तो माग गरेका हुन् ।

प्रमुख सचेतक पाण्डेले भने, बालकुमारीमा पनि यस्तै घटना भएको थियो, आयोग नै बनेको थियो, गृहमन्त्रीले यो समितिको बैठकमा बोल्दा छानबिन आयोग गठनको कुरा त उठाउनुभएन के हो ?

सांसद दुर्गा राईले प्रहरीको अनुसन्धानबाट मात्रै सबै विषय नआउने भन्दै छानबिन आयोग नै गठन गर्न माग गरिन् । उनले भनिन्, यो १५ गतेको घटनाका लागि छानबिन आयोग बन्नुपर्छ । हाम्रो पार्टी र मेरो व्यक्तिगत माग छ । सुरक्षाकर्मीबाट आएको प्रतिवेदनले मात्रै यो विषय सम्बोधन हुन सक्दैन ।

सांसद राईले सरकाले एकै दिन दुई वटा कार्यक्रमका लागि अनुमति दिएर लापरबाही गरेको बताइन् । उनले भनिन्, कार्यक्रम स्थल संवेदनशील ठाउँमा थियो, यसमा सरकारको लापरबाही गर्‍यो । संविधानको रक्षाका लागि समाजवादी मोर्चाको आन्दोलन थियो ।

१४ गते निर्मल निवासमा कमाण्डर परिवर्तन गरेर फोटो सार्वजनिक गर्दा सरकार किन मौन भएर बस्यो रु सरकारको तयारी पुगेन । सशस्त्र प्रहरी बलको क्षति जवानमा भएको छ, सरकारले निर्देशन दिए अनुसार गर्ने हो । एकै दिन दुई वटा कार्यक्रमका लागि अनुमति किन दिइयो रु सदनमा प्रधानमन्त्रीको जवाफ माग्दा १५ गते किन समय दिइएन रु

सांसद राईले सरकारले अध्यादेश पारित गर्नमा मात्रै ध्यान दिएको तर, राजावादीको प्रदर्शन र सदनमा जवाफ दिनमा ध्यान नदिएको बताइन । उनले भनिन्, सरकारको ध्यान अध्यादेशमार्फत ल्याएको विधेयक पारित गर्नमा मात्रै थियो, १८ गते ६० दिन पुग्छ भनेर सरकार आत्तिएको थियो । अबदेखि यस्ता घटनामा सरकार सचेत रहोस् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय