नेपाल शिक्षक महासङ्घ काठमाडौंमा प्रदर्शन

२०८१ चैत्र २४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २४ चैत । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै नेपाल शिक्षक महासङ्घले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ ।

माइतिघर–बबरमहल क्षेत्रमा सठ्ठी बजाउँदै शिक्षकहरुले प्रदर्शन जारी राखेका हुन् । उनीहरुले शान्तिपूर्ण रुपमा नाचगान गर्दै प्रदर्शन गरेका थिए ।

आफुहरुसंग यसअघि भएका सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने महासङ्घको माग छ । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने महासंघको भनाइ छ ।

यसैबीच महासङ्घले आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ ।

आन्दोलन अवधिभर उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह समेत गरेको छ । सरकारले वार्तामा बोलाएपनि महासंघले वार्ता बहिष्कार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय