प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवहरूलाई छलफलमा बोलाए

२०८१ चैत्र २८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र सचिवहरूलाई छलफलका लागि बोलाएका छन्।

आगामी आर्थिक वर्षको बजेट तयारीबारे छलफल गर्न बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सबै मन्त्रीहरूसहित बस्ने बैठकले दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ।

सरकार अहिले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट बनाउने केन्द्रित छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार