पूजा खड्का
काठमाडौं ,२९ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नया शैक्षिक सत्र अघि नै शिक्षक आन्दोलन को विकल्प नखोज्ने हो भने शिक्षामा दीर्घकालीन असर पर्ने उल्लेख गर्नुभयो। उहाले विगत का गल्ती स्वीकार गर्दै सामूहिक प्रयासबाट शिक्षकका माग सम्बोधन गरी कक्षाकोठा फर्काउनु पर्ने बताउनुभएको छ।
उहाले नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा हुनु दुर्भाग्यपूर्ण र लज्जास्पद रहेको बताउनुभयो। उहाले अव वैशाख २ गते बाट सुरु हुने नया शैक्षिक सत्र लाई मध्य नजर गर्दै शिक्षा मा असर नपर्ने गरि सरकार तथा प्रधानमन्त्रीले जिम्मेवारी तवर बात अघि बढ्नुपर्ने बताउनुभयो। उहाले शिक्षकका माग संसद्ले बनाउने र कानुन सङ्ग जोडिएर रहेका विषय सांसदले समय मा काम गर्न नसक्दा आन्दोलन गर्नुपर्ने अवस्था सृजना भएको बताउँदै एक अर्का प्रति दोषारोपण नगरिकन अव समझदारी र विश्वासको वातावरण बनाएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो।
उहाले विगतमा गरेका सम्झौता लाई ध्यानमा राख्दै विगत का गल्ती स्वीकार गर्दै सामूहिक प्रयासमा रहेर शिक्षक का माग सम्बोधन गर्दै विद्यालय फर्काउनु आवश्यक रहेको बताउनुभयो। उहाले शिक्षकहरुले पनि शिक्षकको मूल्य मान्यता र संवेदनशीलतालाई ध्यान मा राख्दै अघि बढ्नु पर्ने सुझाब गर्नुभयो। उहाले सरकारले माग अनुसार के के गर्न सक्छ र के के गर्नुपर्छ भन्ने विषयलाई ध्यान मा राख्दै आपसी समझदारीमा आन्दोलन रोक्दै समस्या समाधान मा सहजीकरण गर्न सरकार लाग्नुपर्ने बताउनुभयो। उहाले कानुन नबनाई काम गर्न सकिने विषय र कानुन निर्माण सङ्ग जोडिएर काम गर्नुपर्ने विषय लाई एक ठाउँ मा बसेर सम्बोधन गर्नुपर्ने र गरिएका सम्झौता अनुसार कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने आफ्नो धारणा व्यक्त गर्नुभयो। महामन्त्री थापाले मन्त्रीपरिषद्ले निर्णय गरेर अघि बढ्न सकिने करिब १५ वटा विषय रहेको जसमा शिक्षकहरूको मर्यादाक्रम, स्वास्थ्य उपचार, सामाजिक सुरक्षा, प्राविधिक ग्रेड, दरबन्दी मिलाउने, शिक्षक विद्यार्थी अनुपात, ई सी डी शिक्षकको तलब, विद्यालय कर्मचारी र राहत शिक्षकको बिरामी बिदा जस्ता विषयका लागि आवश्यक स्रोत जुटाएर तत्काल निर्णय गर्नुपर्ने बताउनुभयो र निर्णय अनुसार कार्य गर्दा विश्वासको वातावरण सृजना हुने जिकिर गर्नुभयो।
त्यसै गरी महामन्त्री थापाले कानुन निर्माणसँग जोडिएका विषयमा संसदको अधिवेशन तत्काल बोलाएर शिक्षा विधेयक पारित गर्ने समझदारी गर्नुपर्ने बताउनुभयो। उहाले विधेयकको विषयमा शिक्षक महासंघ सङ्ग भएका समझदारी र सरकारले शिक्षक लाई सुविधा दिन सक्ने अन्य मागहरूलाई समेटेर फास्ट ट्रयाक बाट विधेयक लाई अघि बढाउनुपर्ने बताउनुभयो । उहाले सांसद सुरु भए संगै संसद मा शिक्षक एन मा विधेयक पारित गर्ने गरी काम गर्नुपर्ने बताउँदै विश्वास को बाताबरण बनाएर अघि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाले आन्दोलन रोक्न को लागि मात्र नभएर समस्या समाधानको लागि अघि बढ्न सरकार र सांसद लागि पार्न आवश्यक रहेको उल्लेख गर्नुभयो।