प्रथम वार्षिकोत्सब, क्यालेण्डर विमोचन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

२०८२ बैशाख १, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खडका

स्याङ्जा,१ वैशाख । पुतलीबजार नगरपालिकाको वडा नम्बर १ मा रहेको क्रियाशील अपाङ्गता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्रको प्रथम बार्षिकोत्सव, क्यालेण्डर विमोचन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

अपांगता भएका व्यक्ति तथा अभिभावकहरुको सकृयतामा स्थापना भई कृयाशिल अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र नेपालको प्रथम वार्षिकोत्सबका अवसरमा संस्थाको आयोजना र दुर्गा देवी सामुदायिक सिकाई केन्द्र स्याङ्जाको समन्वय तथा पुतलीबजार नगरपालिका स्याङ्जा र सामाजिक विकास कार्यालय स्याङ्जाको सहकार्यमा नववर्ष २०८२ को शुभकामना आदान प्रदान,क्यालेण्डर विमोचन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम राखिएको संस्थाका अध्यक्ष युवराज पराजुलीले जानकारी दिनुभयो।

अपांगता सम्वन्धि सन्देशमुलक सामाग्री समेटिएको वि स २०८२ को क्यालेण्डर विमोचन एवं कार्यक्रमको शुभारम्भ गर्दै पुतलीबजार नगरपालिका नगर प्रमुख तुलसीराम रेग्मीले संस्था स्थापनाको छोटोे समयमा नै संस्थाले आफ्नो उद्धेश्य तथा लक्ष्य अनुरुप अपांगता भएका व्यक्तिहरुको क्षेत्रका अतिरिक्त समुदायमा आधारित समावेशी विकासको अवधारणा वमोजिम जेष्ठ नागरिक, महिला लगायतको क्षेत्रमा समेत कार्य गर्नु ले यस संस्थाले वहु आयामिक गतिविधि गरेको वताउदै संस्थाहरुसंग पालिकाले निरन्तर सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगर उप प्रमुख देवि अर्याल, नगर प्रवक्ता तथा वडा नं ११ का वडा अध्यक्ष मनोज पौडेल , वडा नं १ का अध्यक्ष उत्तम प्रसाद श्रेष्ठ, सदस्य बिष्णु कुमार श्रेष्ठ , वरिष्ठ समाजसेवी खेमनारायण शर्मा,स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष राम शर्मा पोखरेल, दुर्गा देवी सामुदायिक सिकाई केन्द्रका उपाध्यक्ष लेखनाथ शर्मा ,स्याङ्जा दृष्टिविहिन संघका अध्यक्ष मुना अर्याल ,स्याङ्जा वहिरा संघका अध्यक्ष संजिव श्रेष्ठ लगायतले संस्था सवै सरोकारवालाहरु संगको सहकार्यमा प्रभावकारी कार्य गरिरहेको बताउनुभएको थियो। त्यसै गरी आउँदो समय मा पनि अझ प्रभाबकारी तरिकाले अघि बढ्न सुझाब गर्दै नया बर्षको शुभकामना व्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा संस्था द्वारा सामाजिक विकास कार्यालय स्याङ्जा को सहकार्य मा संचालित जेष्ठ नागरिक दिवा सेवा केन्द्र का ३० जना जेष्ठ नागरिक हरुलाई सम्मान गरिएको थियो । त्यसै गरी स्वास्थ्य को हिसाब मा सहज हुने भन्दै व्यक्तिगत सरसफाइ सम्बन्धी दन्त कोमंजन, ब्रस, नेल कटर, मास्क, तेल, भ्यासलिन, सावुन लगायतका सरसफाइ सामाग्री प्रदान गरिएको थियोे ।

अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र नेपाल का अध्यक्ष युवराज पराजुली को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमको संचालन संस्थाका सचिव नारायण प्रसाद रेग्मीले गर्नुभएको थियो। कार्यक्रम मा संस्थाका अध्यक्ष युवराज पराजुली ले संस्थाले १ वर्षको अवधिमा गरेका गतिविधिहरुका वारेमा प्रकाश पार्नुभएको थियोे।

विगत २ वर्षदेखि कृयाशिल अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र नेपाल २०८० च‌ैत्र ३० गते जिल्ला प्रशासन कार्यालय स्याङ्जामा औपचारिक रुपमा दर्ता भएको संस्था सामाजिक कार्य गर्दै समाज मा निरन्तर चलिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय