स्याङ्जा,३ बैशाख । “कृषि,उद्योग र पर्यटनको साथ खेल मैदान निर्माणको अभियान” भन्ने नारा सहित गल्याङ नगरपालिका ३ तल्लो गल्याङमा बैशाख ४ गतेदेखि सुरु हुन लागेको महोत्सव तयारी पूरा भएको आयोजकले जनाएको छ ।
बैशाख ४ गतेदेखि १५ गतेसम्म चल्ने महोत्सवको उद्घाटन नेपाल सरकारका पुर्व मन्त्री धनराज गुरुङले गर्ने प्रचारप्रसार उप समिति संयोजक गोपाल अधिकारीले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रको विकासमा पुर्व मन्त्री गुरुङको ठूलो योगदान रहेको हुँदा महोत्सव उद्घाटनमा उहाँलाई निमन्त्रणा गरेका हौं ।”
नेपाली काङ्ग्रेस उपसभापति समेत रहनु भएका गुरुङ स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुनुहुन्छ ।