स्याङ्जा, १५ वैशाख । स्याङ्जाको भीरकोट नगरपालिकामा आज बिहान बोईलर कुखुरा बोकेको बोलेरो जीप दुर्घटना भएको छ ।
सिद्धार्थ राजमार्गमा दाङबाट पोखरातर्फ जाँदै गरेको ग ३ च ६४३३ नम्बरको बोलेरो जीप भिरकोट नगरपालिका १ लामाचौरमा दुर्घटना भएको हो ।
जीप दुर्घटना हुँ दा जीपमा रहेको ४५० बोईलर कुखुरामध्ये ३०० मरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । ब्रेक फेल भई सडकको छेउको पर्खाल र प्रतिक्षालयमा ठोक्किइ जिप दुर्घटना भएको हो ।
दुर्घटनामा मानविय क्षति नभएको प्रहरीले बताएको छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।