पर्सामा इँटा भट्टाले खनेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

२०८२ बैशाख १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

वीरगञ्ज, १५ वैशाख । पर्सामा इँटाभट्टाले बनाएको खाडलमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । पर्साको पर्सागढी नगरपालिका –५ बहुअर्वास्थित हीरा इँटा भट्टाको खाडलमा जमेको पानीमा बालिकाहरू डुबेका पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।

मृत्यु हुनेमा सोही स्थानका रुस्तम मियाँकी ५ वर्षीया छोरी नेहा खातुन र मुख्तार मियाँकी ५ वर्षीया छोरी अफसाना खातनु रहेका प्रवक्ता लम्सालले बताए ।

प्रहरीका अनुसार दुवै बालिका बिहान बाख्रा चराउन गएका थिए । डुबेर घाइते भएका उनीहरुलाई उपचारका लागि नारायणी अस्पताल लगिएको तर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय