दशौं राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२०८२ बैशाख २४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
काठमाडौं,२४ वैशाख । “विश्वसनिय सूचनाको आधार जबाफदेही पत्रकारिता र सुरक्षित पत्रकार” भन्ने नाराका साथ वैशाख २४ गते बुधबार दशौं राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा शितल निवासमा विशेष समारोह आयोजना गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ले पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कार सहित सम्मान गर्ने कार्यकम रहेको छ।

मुलुक कै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको विसं १९५८ वैशाख २४ गतेको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाइन्छ । विसं २०७३ साल देखि राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरु गरिएको हो ।

देशको पुरानो पत्रिका गोरखापत्र को स्थापना दिनको अवसर पारेर वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस राष्ट्रिय रुपमा मनाउन सुरु गरिएको हो। १९५८ वैशाख २४ गते देखि साप्ताहिक रुपमा सुरुवात गरेको गोरखापत्र को १२५ औं वर्ष प्रवेश तथा ६३ औं बार्षिकोत्सव रहेको छ।

देशको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रको विकास प्रबर्द्धन र हौसला प्रदान गर्न पत्रकारिता क्षेत्रमा योगदान गरेको भन्दै गोरखापत्र संस्थानमा २०८१ सालमा उत्कृष्ट समाचारदाताको भूमिका निर्वाह गरेकाले संस्थानले आठ जनालाई सम्मान गर्न लागेको हो । सम्मानित हुने समाचारदातामा कोशी प्रदेशबाट बाबुराम कार्की, मधेशबाट विजयकुमार साह, बागमतीबाट अनिल पराजुली, गण्डकीबाट ठाकुरप्रसाद आचार्य, लुम्बिनीबाट जानु पाण्डे, कर्णालीबाट मुना हमाल, सुदूरपश्चिमबाट पुष्कर भण्डारी र उपत्यका समाचारदाताबाट नगेन्द्र सापकोटा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार