स्याङ्जामा निःशुल्क योग शिविर सञ्चालन

२०८२ बैशाख २९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का

स्याङ्जा, २९ वैशाख । पुतलीबजार नगरपालिकाको माले बगरमा रहेको कवर्ड हलमा वैशाख २७ गए देखि  निःशुल्क योग शिविर सञ्चालन भएको छ।

लायन्स क्लब अफ स्याङ्जा टाउनको आयोजनामा संचालन भएको निःशुल्क योग शिविर  ३१ गते सम्म चल्ने लायन्स क्लब अफ स्याङ्जा अध्यक्ष  सुनिता पौडेल गौतमले जानकारी दिनुभयो।  योग शिविर बिहान ५ बजे देखि ७ बजे सम्म चल्ने उहाँको भनाइ छ।

पतञ्जलि योग पीठ नेपाल, नेपाल पतञ्जलि योग पीठ पुतलीबजार नगरपालिकाको सहयोगमा सञ्चालन हुने शिविरमा शिविरको सदुपयोग गर्न अध्यक्ष पौडेलले सबैलाई आग्रह समेत  गर्नुभएको छ।  योग शिविर पुज्य सादवी देव कृपा द्वारा संचालन हुने शिविरमा बस्नको लागि आवश्यक म्याट बोकेर ल्याउनु  नपर्ने अध्यक्ष पौडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय