नेपाली कांग्रेसका सांसदहरु सरकारको कार्यशैली प्रति असन्तुष्ट

२०८२ जेष्ठ ४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ३ जेठ । नेपाली कांग्रेसका सांसदहरुले सरकारको कार्यशैली प्रति असन्तुष्टी जनाएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सांसदहरुले सरकार एकतर्फी ढंगले अघि बढिरहेको र कांग्रेसको कुरा नसकेको भन्दै सरकारको कार्यशैली प्रति असन्तुष्टी जनाएका हुन् । साथै उनीहरुले गभर्नर लगायतका बिभिन्न नियुक्ति बिनाकारण अड्काएर राखेको समेत बताएका थिए । बैठकमा सांसदहरुले समान ढंगले बजेटको बितरण हुनुपर्ने लगाएतका सुझाव दिएका थिए । बैठकमा गभर्नरको बिषय, बजेटको क्षेत्रगत रुपमा सन्तुलित बितरण लगाएतका बिषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो । संयुक्त सरकारमा कांग्रेसको पोजिसनका बिषयमा पनि सांसदहरुले कुरा राखेको उहाँले बताउनुभयो । उहाँले प्राविधिक कारणले गभर्नर नियुक्तिमा ढिलाई भएको भन्दै एमालेले कांग्रेसलाई दिन नचाहेको भन्ने सत्य नभएको उल्लेख गर्नुभयो ।

प्रमुख सचेतक घिमिरेले पार्टी सभापतिले माओवादी नेताहरुसंग छलफल गर्नु सामान्य भएको भन्दै माओवादीसंग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो । सरकार परिवर्तनको कुनै सोच र योजना कांग्रेसले नराखेको उहाँको भनाइ छ ।

त्यस्तै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले ठूला दुई पार्टीको गठबन्धन रहेको अवस्थामा कांग्रेसका कुराहरु यथेष्ट सुनिएन की भन्ने चिन्ता सांसदहरुको रहेको बताउनुभयो । उहाँले कतिपय नियुक्तिमा भइरहेको ढिलाईका बिषयमा पनि सांसदहरुले चासो व्यक्त गरेको उहाले जानकारी दिनुभयो ।

महतले प्रचण्ड र सभापतिबीचको कुराकानी सामान्य बिषय भएको र यसमा सरकार परिवर्तनको कुनै गुञ्जायस नरहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय