मदन भण्डारी र जीवराज आश्रितको मृत्युको छानविन गरी अपराधीहरुलाई नांगेझार पार्नुपर्छ : माधव कुमार नेपाल

२०८२ जेष्ठ ४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ३ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितको मृत्युको घटनाका बारे उजागर हुनुपर्ने बताउनुभएको छ ।

३२औँ मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले दुई नेताको मृत्युका बिषयमा बिभिन्न चर्चा हुने गरेको भन्दै त्यसलाई उजागर गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

घटनाको छानविन गर्दै सत्यतथ्य ल्याएर अपराधीहरुलाई नांगेझार पार्नुपर्ने उहाले बताउनुभयो । अध्यक्ष नेपालले मदन–आश्रितको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको धारणा राख्नुभयो । कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि मदन भण्डारीले गर्नुभएको योगदानको स्मरण गर्दै उहले अव आफुहरु कम्युनिष्ट आन्दोलन एकीकृत गर्ने अभियानमा लाग्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले बिचार मिल्नेहरुसंग सहकार्य गर्दै मोर्चा बनाउने र सम्भव भए पार्टी एकता गरेर अघि बढ्ने बताउनुभयो ।

कम्युनिष्ट आन्दोलनमा एकताबद्ध हुने र छाड्ने प्रक्रिया निरन्तर चल्ने भएकाले यसबाट आतिनुपर्ने अवस्था नरहेको उहाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय