पूजा खड्का
स्याङ्जा, ७ जेठ । मुक्तिनाथ बिकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्याङ्जाको त्रिभुवन आदर्श मा.वि. कक्षा ११ मा अध्ययनरत छात्रा सुजिता रेग्मीलाई १५ हजारको छात्रबृत्ति प्रदान गरेको छ ।
त्रिभुवन आदर्श मा.वि. मा आयोजित कार्यक्रममा मुक्तिनाथ विकास बैंकका सञ्चालक समिति सदस्य भरत लम्सालले छात्रा रेग्मीलाई १५ हजारको छात्रवृत्ति प्रदान गर्नुभएको हो ।
मुक्तिनाथ विकास बैंकले यस विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई पढ्नमा सहजता हुने उद्देश्य सहित सहयोग स्वरुप छात्रवृत्ति प्रदान गर्न पाँच लाखको अक्षय कोष स्थापना समेत गरिसकेको छ।
त्यसैगरी सामाजिक र शैक्षिक कार्यमा अग्रसर हुँदै आएको मुक्तिनाथ विकास बैंक मानवीय सेवामा तल्लीन थाई आएको छ। मुक्तिनाथ विकास बैंक विभिन्न सामाजिक कार्यमा अग्रसर रहेर जिल्लामा सुरु भएर केन्द्रमा पुगेको बैंक पनि हो।
कार्यक्रममा मुक्तिनाथ विकास बैंकका क्षेत्रीय निर्देशक ऋषि ढकाल स्याङ्जा शाखाका प्रवन्धक डम्बर के.सी. , बैँकका कर्मचारीहरु र त्रिभुवन आदर्श माबि विद्यालयका प्रधानाध्यापक मुक्ति प्रसाद रेग्मी लगायतका शिक्षक, शिक्षिका को सहभागिता रहेको थियो ।