विद्युत प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक छ : ऊर्जामन्त्री खड्का

२०८२ जेष्ठ ८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,७ जेठ।  ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक रहेको बताउनुभएको छ ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री खड्काले प्राधिकरणको बित्तिय अवस्थामाबारेमा अन्यौल भइरहेको अवस्थामा विद्युत प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक रहेको बताउनुभएको हो । उहाले श्वेतपत्रमार्फत प्राधिकरणको अहिलेको वास्तविक अवस्था बाहिर आएको उल्लेख गर्नुभयो । मन्त्री खड्काले अव प्राधिकरणको चाडै अडिट हुने जानकारी दिनुभयो । महालेखाले प्राधिकरण घाटामा रहेको तथ्याङ्क दिने र तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले नाफा देखाउने कामले दुविधा उत्पन्न भएकाले नै सो समयमा अडिट गर्ने निर्णय गर्दा कुलमानले निर्णय कार्यान्वयन गर्न नमानेको उहाले बताउनुभयो । मन्त्री खड्काले प्राधिकरण नाफामा रहेको कुरामा सत्यता नरहेको दावी गर्नुभयो ।

बैठकमा माओवादी सांसद माधव सापकोटाले कुलमानलाई देउता बनाउने पक्षमा आफुहरु नरहेको तर कुनै पनि राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउन नहुने बताउनुभयो ।

सरकारलाई मन नपरेको कर्मचारीलाई निकाल्ने प्रचलन उचित नभएको उहाको भनाइ छ । त्यस्तै सांसद सापकोटाले नेपालको विधुत क्षेत्रमा धेरै योगदान गरेको कुलमानलाई केहि गरेको छैन भन्ने तर्क गर्नु जायज नभएको धारणा राख्नुभयो । उहाले प्राधिकरणको अहिलेका प्रमुख र आवश्यक परे महालेखाका साथै कुलमानलाइ समेत बोलाएर यथार्थ कुरा बुझ्न समितिसमक्ष माग गर्नुभयो ।
सांसद सापकोटाले प्रतिपक्षीले कुलमानको रक्षा गर्ने र सत्तापक्षले कुलमानलाई खेदो खन्ने परिपाटीलाई बन्द गर्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय