सहकारी ठगीमा एमाले नेता कृष्ण अर्याल पक्राउ

२०८२ जेष्ठ ९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,८ चैत। सहकारीको ऋण लिएर नतिरेपछि ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका एमाले नेता कृष्ण अर्याल पक्राउ परेका छन् ।

दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण नतिरेर अटेर गरिरहेका अर्याललाई अदालतको पक्राउ पुर्जीका आधारमा सोह्रखुट्टे प्रहरीले पक्राउ गरी अपराध महाशाखालाई बुझाएको हो ।

अर्याललाई आवश्यक अदालती प्रक्रिया पूरा गरेर कारागार चलान गरिने प्रहरीले जनाएको छ । उनी आफैँ सञ्चालक समितिमा रहेर सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी सस्थाबाट २०७४ साल जेठ ३० गते एघार लाख पचास हजार ऋण लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय