सुनको मूल्य ७०० ले घट्यो

२०८२ जेष्ठ १३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १२ जेठ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आइतबार चाँदी दुई हजार पाँच रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदी सोही मूल्यमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय