काठमाडौँ, १३ जेठ । प्रनिनिधिसभाको आजको बैठकमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाए भने सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि माओवादी सांसद वर्षमान पुन र रास्वपा सांसद शिशिर खनालले गृहमन्त्रीमाथि गम्भीर प्रश्न रहेकाले राजीनामा दिएर मार्गप्रशस्त गरिदिनुपर्ने धारणा राखे ।
प्रतिपक्षले निरन्तर बिरोध जनाएपछि बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ ।