राजावादीको प्रदर्शनमा साङ्गीतिक कार्यक्रम

२०८२ जेष्ठ १७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १७ जेठ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको आयोजनामा काठमाडौँमा जारी प्रदर्शनमा आज सांस्कृतिक प्रस्तुतिहरू पनि रहने भएको छ ।

समितिले आज एक विज्ञप्ति जारी गर्दै शनिबार बिदाको दिन सहभागीहरूको सुझाव समेत मध्यनजर गरेर आज ख्यातिप्राप्त कलाकारहरूले गीत सङ्गीतको कार्यक्रम प्रस्तुत हुने बताएको हो ।

जनताको निस्वार्थ साथ, सहयोगले शान्तिपूर्ण जनआन्दोलन पूर्ण सफलताका साथ जारी रहेको समितिको दाबी छ । जारी प्रदर्शन अन्तर्गत आज दिउसो १ बजे शान्ति बाटिकामा कार्यक्रम हुने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय