पूजा खड्का
स्याङ्जा,२२ जेठ । दक्षिण एशियाकै पहिलो होम स्टेको रुपमा परिचित स्याङ्जाको आँधीखोला गाउँपालिकामा अवस्थित सिरुवारी होमस्टेकी अगुवा एंव पर्यटन कर्मी उर्मिला गुरुङ स्व. हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कारबाट सम्मान गरिने भएको छ । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले जेठ २२ गते बिहीबार पोखरामा आयोजना गरिने टेवानको चौंथो अधिवेशनका अवसरमा गुरुङलाई १५ हजार ५ सय ५ रुपैयाँ, सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गर्न लागेको हो ।
स्याङ्जाको आँधीखोला गाउँपालिका १ मा रहेको सिरुबारी मा झण्डै एक दशक देखी नेतृत्वदायी भूमिका निर्बाह गर्दै आउनु भएको उर्मिला गुरुङ समाजमा एक उदाहरणीय युवा व्यक्तिका रुपमा परिचित हुनुहुन्छ। उहाले आफ्ना ससुरा क्या। रुद्रमान गुरुङ् को पहलमा संचालनमा रहेको सिरुवारी होमस्टेको लागि आफूले सक्दो पहल गर्दै होमस्टे लाई निरन्तरता दिँदै पर्यटन आकर्षक को लागि प्रयासरत रहिरहनु भएको छ। पोखराको बसाई लाई छोडेर ग्रामीण क्षेत्रमा नै रहेर ग्रामीण विकासको समृद्धि को साथै सिरु बारी होम स्टे को समृद्धि र पर्यटन आकर्षक को लागि प्रेरणाको स्रोत बन्न सफल रहनुभएको छ।
स्मोकलेस इन्डस्ट्रि को रुपमा विकसित पर्यटन व्यवसाय आर्थिक समृद्धि को लागि मेरुदण्डको रुपमा रहेको छ। सिरुबारी होमस्टेकी गुरुङ् अतिथि सत्कार, होमस्टे व्यवस्थापन, सांस्कृतिक कार्यक्रम, पर्यटन तथा सामाजिक विविध कामको नेतृत्व गर्ने भूमिका लगायत मुलुक भित्रका विभिन्न गाउँमा होमस्टे व्यवस्थापन सम्वन्धी तालिमसमेत दिँदै आउनुभएको छ।
पर्यटनविज्ञ सञ्जकान्त सिग्देलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको ‘स्व.हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ बाट सम्मान गर्ने रोजाईमा उर्मिला गुरुङ पर्नुभएको हो । प्रतिभा छनोट समितिमा टिकाराम सापकोट, कमला गिरी, तुमला श्रेष्ठ, प्रभातराज श्रेष्ठ र प्रितिम श्रेष्ठ रहनु भएको छ। जसमा दुई जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ।
त्यसै गरी पोखरामा ड्रयागन होटल खोलेर पर्यटनमा होमिएका ८१ वर्ष का हरिध्वज तुलाचन पर्यटन, समाजसेवा र सांस्कृतिक क्षेत्रका नक्षत्र भन्दै विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाको स्थापना र नेतृत्व गरिसक्नु भएका ६ दशकभन्दा लामो समयदेखि पर्यटनमा योगदान पुर्याउँदै आउनु भएको तुलाचन लाई पर्यटन क्षेतमा अतुलनीय योगदान पुर्याएको भन्दै पुरस्कृत गर्ने भएको छ। चौथो अधिवेशनमा पहिलो पटक दुई जना कर्मयोगी प्रतिभालाई सम्मान गर्ने कार्यक्रम पर्यटन व्यवसायी महिला सङ्घ को रहेको छ ।