काठमाडौं,२२ जेठ । भ्रष्टाचारको मुद्दा दर्ता भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गौरबाट काठमाडौं फर्किँदैहुनुहुन्छ ।
पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
यो मुद्दा दर्ता हुँदा अध्यक्ष नेपाल गृहजिल्ला रौतहटमै हुनुहुन्थ्याे । उहाँ अहिले काठमाडौं फर्किन लागेको सम्मानित नेता झलनाथ खनालले बताउनुभयाे। उहाँ पार्टीको कार्यक्रमका लागि गौर पुग्नुभएकाे थियाे ।
मुद्दा दर्ता भएसँगै नेपालको सांसद पद पनि निलम्बन भइसकेको छ ।