वर्तमान सत्तागठबन्धनमा कुनै समस्या छैन : देउवा

२०८२ जेष्ठ २२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२२ जेठ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सत्तागठबन्धनमा कुनै समस्या नरहेको बताउनुभएको छ ।
बिहीबार जनकपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन राम्रोसंग चलिरहेको र कुनै समस्या नरहेको बताउनुभएको हो ।

उहाले सत्तागठबन्धन ८४ सम्म निरन्तर चल्ने उल्लेख गर्नुभयो । त्यस्तै सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको भन्दै संसदको गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बताउनुभयो । उहाले राजावादीहरुको आन्दोलन तुहिसकेको समेत जिकिर गर्नुभयो ।

कांग्रेस र एमालेको संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित रहेको उहाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय