पूजा खड्का
स्याङ्जा, २२ जेठ । स्याङ्जामा विभिन्न मुद्दामा फरार रहेका आठ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बैंकिङ कसुरमा भीम बहादुर कार्की, कमला केसि, बत्ती विक, शिवलाल, चेक अनादरमा झबनाथ भण्डारी, अमराज गुरुङ्ग, गंगामाया गुरुङ्ग सेनी र कुटपिट कसुरमा ढाल बहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनु भयो।
कसुरदार मध्य भीम बहादुर विश्वकर्मा लाई २३ दिन कैद र रु असी लाख जरिवाना, कमला केसि लाई रु उनान्असी लाख अठासी हजार जरिवाना रहेको छ। त्यसै गरी बत्ती विक लाइ एक दिन कैद र रु एक लाख जरिवाना तोकिएको छ। त्यसै गरी शिवलाल लम्साल लाई रु १६ हजार ७ सय ५०, झबनाथ भण्डारी लाई रु दुई हजार, अम राज गुरुङ्ग लाई रु एक हजार, गंगा माया गुरुङ्ग सेनि लाई रु ५ सय ८२ र ढाल बहादुर सुनार लाई रु १ सय १० जरिवाना तोकिएको छ।
सम्मानित अदालत बाट विभिन्न समयमा मुद्धा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाकी रहेका फरार कसुरदारलाई पक्राउ गरी आठ जना कसुरदार बाट एकमुष्ट रुपमा एक करोड एकसठ्ठी लाख आठ हजार चार सय बयालीस जरिवाना असुल को लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको सूचना अधिकारी चौधरीले बताउनुभयो।