वालिङमा गर्मीका कारण बिधार्थी बाहिर बसेर पढन वाध्य

२०८२ जेष्ठ २७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुवास रेग्मी

स्याड्जा,२७ जेठ । वालिङ नगरपालिका वडा. नम्वर २ धौखोलामा रहेको श्री शहिद स्मृति आधारभूत विधालयका विधार्थी गर्मीका कारण बाहिर बसेर पढन बाध्य भएका छन।

कक्षा कोठा भित्र टिनको छाना मुनि बसेर पढन पाठन गराऊन गर्मीका कारण गार्हो भएको  शिक्षक ऊमाकान्ता रेग्मी बताउनुभयाे । यस आधारभूत बिधालयमा १ देखी ५ सम्म पढाई हुन्छ।

यस बिधालयमा पढ्ने बिधार्थी ८५ प्रतिशत दलित समुदायका छोरा छोरी मात्र रहेको देखिन्छ। १ देखी ५ सम्म जम्मा २१ जना बिधार्थी रहेका छन।त्यहाका  शिक्षकको भनाई अनुसार बसासराई र जन्मादरको कमिका कारण बिधार्थी घट्दै गईरहेका छन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय