रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकगरे अवरोध

२०८२ असार ५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ५ असार।  भिजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले बिहीबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध जनाएका हुन् । दुई दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्न समय दिनुभएको थियो ।

सांसद ढकालले गृहमन्त्रीले सदनमा बोल्दा भुइँमान्छेका आवाज नसुनेको भन्दै विरोध जनाउनुभयो । उहाले अध्यागमनमा भएको भ्रष्टाचारको अनुसन्धान गर्न नसकेको, बिमानस्थलमा अनावश्यक कर्मचारी थप गरिएको र आफ्ना कर्मचारीको सरुवाका बिषयमा गृहमन्त्रीको कुनै जवाफ नआएको जिकिर गर्नुभयो । आफ्ना मागलाई सरकारले नसुनेकाले आफुहरुको आन्दोलन जारी रहेको उहाले बताउनुभयो ।

त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरण कुनै दल बिशेषको नभइ सवैको साझा मुद्दा भएकाले यस बिषयमा सवै दल एक ठाँउमा आउन आह्वान गर्नुभयो । भिजिट भिसा प्रकरणमा छानविन समिति नभएसम्म आफहरुको विरोध कायमै रहने उहाको भनाइ छ ।

शाहीले आफुहरुको विरोधका बाबजुद सदन चलाउन सभामुखलाई बाध्य नपार्न सरकारलाई सुझाव दिनुभयो । विरोधकाबीच संसदको कार्यसूची अघि बढेपछि रास्पाका सांसदहरुले वेल घेराउ गर्दै नारावाजी गरेका छन् भने राप्रपाका सांसदहरुले बैठक बहिष्कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय