काठमाडौं,४ असार । वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले रास्वपा नेता मेघ आले र दिनकर नेपालमाथि आक्रमण भएको भन्दै रास्वपा सांसद हरि ढकालले आपत्ति जनाउनुभएकाे छ।
प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद ढकालले आफ्नो पार्टीका केन्द्रीय नेताहरूमाथि सांघतिक आक्रमण भएको भन्दै आपत्ति जनाउनुभएकाे हाे ।


‘नदी बचाउ अभियानका हाम्रा केन्द्रीय नेता मेघ आले र दिनकर नेपालमाथि वालिङ नगरपालिका–१० का वडाध्यक्षले सांघतिक आक्रमण गर्नुभएकाे छ,’ सांसद ढकालले भन्नुभयाे ।
गत ३ असारमा खनालले आँधिखोला नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किएका आले र नेपाललाई वालिङ–९, सुर्कौदीमा रड प्रहार भएको थियो ।