काठमाडौं,४ असार । नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक बर्षको बजेट पुस्तिका प्रतिनिधिसभा बैठकमा च्यात्नुभएको छ ।
सरकारले ल्याएको बजेटले जनताको भावनालाई समेट्न नसेकेको र एकाधिकार कायम गर्न खोजेको भन्दै सांसद थापाले सदनमा बजेटको रातो किताव च्यात्नुभएको हो ।


जनताबाट उठेको राजस्वबाट बनेको बजेट जनताप्रति उत्तरदायी नरहेकाले मन नपरेर रातो किताव च्यातेको उहाले बताउनुभयो ।
उहाले सरकारले ल्याएको बजेट र भौतिक मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको आरोप समेत लगाउनुभयो ।