काठमाडौं, ६ असार । रास्वपा र राप्रपाका सांसदहरूले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान राख्दै नाराबाजी र वेल घेराउ गर्दै बैठकबाट बाहिरिएका हुन् ।


रास्वपाका सांसदहरू आज विरोध जनाउँदै नीलो रिबन र कालो लुगा लगाएर सदन पुगेका थिए ।