काठमाडौँ,८ असार । आइतबारको प्रतिनिधिसभा बैठकको सुरुमै बोलेर बेल घेराउपछि रास्वपाका सांसदहरू बैठक कक्षबाट निस्कीएका छन् ।
सत्तापक्ष कांग्रेस र एमालेका सांसदहरू खर्च कटौतीको प्रस्तावमा बोल्न थालेपछि रास्वपाका सांसदहरू सभाकक्षबाट बाहिर निस्कीनुभएकाे हाे । उहाँहरू प्रतिपक्षी दलका सांसदहरू बोल्दा भने बेलमा उभिएर सुन्नुभयाे ।


रास्वपा भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर २६ दिनदेखि आन्दोलनमा छ ।