कांग्रेस दबाब मुलक नभइ कानुनी सम्मत अघि बढ्छ : सांसद थापा

२०८२ असार ८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
 काठमाडाै,८ असार । नेपाली कांग्रेसका संघीय सांसद राजु थापाले नेपाली कांग्रेस दबाब मुलक नभइ कानुनी प्रक्रियामा विधिसम्मत अघि बढ्ने बताउनुभयो।

उहाले स्याङ्जा काठमाडाै संपर्क मंचले शनिबार आयोजना गरेको चापाकोटका प्रथम मेयर शिव गिरीको दोस्रो स्मृति सँभा काठमाडाैको गोधुली फुडल्याण्ड बसुन्धारामा बोल्दै कांग्रेस दबाब मुलक तरिकाले नभई कानुनी सम्मत विधि पूर्वक अघि बढ्ने बताउनुभएको हो।

उहाले कार्यक्रममा वालिङ्गमा भएको घटना लाई लिएर घटनाको कारण खोज्दै कांग्रेस विधिसम्मत अघि बढ्ने र त्यसको लागि कांग्रेसले दबाबको राजनीति नगर्न जिकिर गर्नुभयो। उहाले वैधानिक तवरमा नदी उत्खनन भएको विषयलाई उल्लेख गर्दै राजनैतिक प्रतिशोधको लागि रास्वपा लागेको र त्यस घटनामा पार्टी कुनै दबाब मुलक नभै बिधी सम्मत कानुनी प्रक्रिया बाट अघि बढ्ने बताउनुभयो। त्यसै गरी सांसद थापाले गृहमन्त्री संग जोडिएको मानवतस्करीको विषयमा पनि गृहमन्त्री माथि कुनै उजुरी नपरेको हुँदा राजीनामा आवश्यक नभएको र यदि विधि सम्मत छानबिन गर्नुपर्ने भएमा विधि सम्मत कांग्रेसले विधिको पालना गरेर अघि बढ्ने उल्लेख गर्नुभयो।

उहाले नेपाली कांग्रेस भित्र गुट उपगुट छ नभएको होइन तर कांग्रेस मा गुट जतिबेला अधिवेशन हुन्छ त्यतिबेला मात्र गुट उपगुट हुने र अधिवेशन पछि पार्टी मा गुट उपगुट हुन नहुने र हुँदैन भन्दै कांग्रेस समाज मा विकास र समृद्धि को दिशामा एक भएर अघि बढ्ने बताउनुभयो। उहाले पार्टी सुदृढीकरण को लागि र देश मा विकास र समृद्धिको लागि कांग्रेस को नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै बजेट को विषय मा तल सम्म संयन्त्र बनाएर कार्यान्वयन गर्दै अघि बढ्ने जिम्मेवारी र दायित्व भएको बताउनुभयो।

योजना परेर मात्र नभई कार्यान्वयन भएर अघि बढ्नु आवश्यक रहेको जिकिर गर्दै सहजीकरण र समृद्धिको लागि प्रक्रियागत तवरमा कार्यान्वयन लाई जोड दिनुपर्ने बताउनु भयो। थापाले पार्टीको संगठन बलियो बनाउन हामीले गर्नुपर्ने पहल के के छन् कसरी अघि बढ्दा सहज हुन्छ बहस गर्दै अघि बढ्न आवश्यक रहेको र आफूले के के गर्नुपर्छ त्यसको लागि आफू आवश्यक छलफल र कार्यान्वयन को लागि तयार रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय