काठमाडौं,९ असार । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारको प्रतिनिधि सभा बैठक बहिस्कार गरेको छ।
बिहान ११ बजेपछि प्रतिनिधि सभा बैठक सुरू हुने बित्तिकै रास्वपाका सांसदहरूले उठेर विरोध जनाउनुभएकाे थियाे।


त्यसपछि सभामुख देवराज घिमिरेले सांसद शिव नेपालीलाई बोल्न समय दिनुभएकाे थियाे।
सांसद नेपालीले आफूहरूको माग सुनुवाइ नभए संसद बहिस्कार गर्ने घोषणा गरेपछि रास्वपाका सांसदहरू बैठकबाट बाहिरिएका थिए।