निर्धारित समयमा नै पार्टीको महाधिवेशन हुन्छ : सभापति देउवा

२०८२ असार १३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१३ असार।  नेपाली कांग्रेसका सभापति शेर बहादर देउवाले निर्धारित समयमा नै पार्टीको महाधिवेशन हुने बताउनुभएको छ ।

बिहीबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति देउवाले निर्धारित समयमा नै महाधिवेशन हुने बताउनुभएको हो । सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीबिरुद्ध झुटा आरोप लगाउने प्रयास भएको उल्लेख गर्नुभयो ।

उहाले कांग्रेस र एमाले फरक फरक दल भएकाले कतिपय निर्णयमा एकमत नहुनु सामान्य कुरा भएको बताउनुभयो ।

सभापति देउवाले काग्रेसको आग्रह पछि टेक एन्ड पे हटाएको भन्दै यसलाई सामान्य रुपमा लिन आग्रह समेत गर्नुभयो ।

कांग्रेसकी नेतृ तथा प्रजातन्त्र सेनानी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा सहभागी हुन सभापति देउवा लगाएतका नेता चितवन पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय