आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउछ : देउवा

२०८२ असार १३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१३ असार।  नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी एकढिक्का भए आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउन सक्ने बताउनुभएको छ ।
शुक्रबार चितवनको नारायणगढमा प्रजातन्त्रिक आन्दोलनकी योद्दा गौरीदेवी प्रधानको शोक सभामा बोल्दै देउवाले मुलुकको निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको एकल बहुमत आउन गाह्रो रहेको भन्दै पार्टी एकढिक्का भए आगामी निर्वाचनमा बहुमत आउन सक्ने बताउनुभएको हो ।

कुनै पनि पार्टीको एकल बहुमत नआएकै अन्य दलसंग मिल्नुपर्ने बाध्यता रहेको उहाले बताउनुभयो । सभापति देउवाले अहिलेको संविधान समाबेशी समानुपातिक रहेकाले यसलाई थप बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । उहाले प्रजातन्त्रिक आन्दोलनकी योद्दा गौरीदेवी प्रधान देखाउनुभएको बाटोमा पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।

नेपाली कांग्रेस चितवनले आयोजना गरेको शोकसभामा काग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधिले नेपालमा प्रजातन्त्र पुनर्बहालीको लागि भएको आन्दोलनमा गौरीदेवी प्रधानले गर्नुभएको योगदानको स्मरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय