काठमाडौ, १४ असार । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले एकजुट भएर अघि बढ्ने बताउनुभएको छ ।
जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको जबजका ३ दशक विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले केहिले एमालेलाई बिभाजन गर्ने सपना देखेको भन्दै उनीहरुको सपना पुरा नहुने र थप बलियो भएर अघि बढ्ने बताउनुभएको हो ।
मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई लिएर पनि आफुसंग नकारात्मक ढंगले जोड्ने प्रयास भएको उहाले बताउनुभयो । ओलीले एमालेले सुरु गरेको मिसन–८४ सफल पार्न आग्रह गर्दै नेकपा (एमाले) माक्र्सवादी चिन्तन र बहुदलीय जनवादलाई आत्मसात् गरेकाले निकै बलियो रहेको उल्लेख गर्नुभयो ।
उहाले आफूहरूले पछिल्ला तीन दशकमा जबजका सिद्धान्त अगाडि बढाउँदै कार्यान्वयन गर्दै आएको समेत उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारीले राष्ट्रिय राजनीतिमा पु¥याउनुभएको योगदान र गर्नुभएको दिशानिर्देश नेपालको राजनीतिक विकास क्रमको इतिहासमा एउटा विशेष कालखण्ड भएको बताउनुभयो । उहाले पछिल्लो समय मुलुक तीव्र गतिमा बिकासका बाटोमा अघि बढेको बताउनुभयो ।