उपराष्ट्रपति यादवद्वारा युवाको सृजनात्मकता र उद्यमशीलतामा जोड

२०८२ असार १६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १६ असार ।उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरुको सृजनात्मकता जोश र चेतनालाई व्यवहारिक रुपान्तरण गर्नका लागि सवैले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार राष्ट्रिय युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको युवा उद्यमशिलता प्रवद्र्धन सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नका लागि सहजीकरणको नेतृत्व गर्दै जोखिम उठाउने गरी हौसला बढाउन र सफलताको मार्गचित्र देखाउन जरुरी रहेको समेत बताउनुभयो । यस्ता कार्य सरकारले मात्रै नभइ निजि क्षेत्र, शैक्षिक क्षेत्र, बित्तिय निकाय र नागरिक समाज मिलेर गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।

उपराष्ट्रपति यादवले युवाहरुलाई व्यवसाय सुरु गर्न आवश्यक पूँजीको पहुँच सुनिश्चित र त्यसका लागि आवश्यक सिप र ज्ञान प्रदान गर्न अब ढिलाइ गर्न नहुने धारणा राख्नुभयो । उहाले व्यावसायिक योजना बजारको पहुँच ब्रान्डिङ लगायतका विषयमा मार्गदर्शन गर्न जरुरी रहेको बताउनुभयो । युवाका आवाजलाई नीति निर्माणमा समावेश गर्ने तर्फ पनि सबैको ध्यान जानुपर्ने उहाले बताउनुभयो ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकमा लगानीको वातावरण बनाएपनि पुँजी प्रवाह हुन नसकेको बताउनुभयो । उहाले बस्तुका साथै सेवालाई समेत निर्यात गर्न सक्ने अवस्था सिर्जना भएको भन्दै युवाहरुले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै युवा तथाले राज्यको सिमित स्रोत साधानका कारण युवाहरुलाई स्वदेशमा रोजगार दिन नसकेकाले लाखौ युवाहरु विदेश जान बाध्य भएको बताउनुभयो । उहाले स्वदेशमा नै रोजगारी सिर्जना गर्नका लागि सीपमूलक शिक्षाको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।.

स्वदेशमा नै केहि गर्न चाहने युवाहरुलाई तीनै तहका सरकारले प्राथमिकता दिनुपर्ने उहाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय