काठमाडाै, १६ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबारबाट सुरु भएको छ ।
पार्टी कार्यालय सानेपामा सुरु बैठकमा बिभिन्न १३ वटा एजेन्डामा छलफल भएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकमा १०० दिने अभियानका प्रतिवेदनहरू, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत हुने उहाले बताउनुभयो । त्यस्तै अनुशासन समितिको प्रतिवेदन, नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा समेत छलफल हुने उहाले बताउनुभयो । प्रवक्ता महतले भ्रातृसंस्थाबारे निर्देशक समितिको धारणा आएपछि बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो ।
त्यस्तै क्रियाशिल सदस्य नविकरणका बिषयमा महामन्त्रीले बैठकमा जानकारी । त्यस्तै संसद र सरकारमा पार्टीको भूमिका प्रभावकारिताका बारेमा मन्त्रीहरुको प्रतिवेदन आएपछि सदस्यहरुले धारणा राख्ने प्रवक्ता महतले बताउनुभयो । बैठक केहि दिन चल्ने उहाले बताउनुभयो ।