काठमाडौँ , १७ असार। राष्ट्रियसभाको बैठक आज (मंगलबार) अपराह्न १२ः१५ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सात मन्त्रालयका साथै राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयका शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ।
त्यस्तै, ११ मन्त्रालयसम्बन्धी छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले नागरिकता विधेयक, २०८२’ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यक्रम पनि रहेको छ।