पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा आउन नहुने एमालेको निर्णयमा तीन नेताको फरक मत

२०८२ श्रावण ७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , ७ साउन । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकालेको छ । नवाैँ केन्द्रीय कमिटी बैठकले यस्तो निष्कर्षसहित निर्णय गरेको एमाले प्रचार विभाग राजेन्द्र गौतमले बैठकपछि जानकारी दिनुभएकाे छ ।

‘पूर्व राष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको सिम्वोल, देशको अभिभावक हो’, गौतमले भन्नुभएकाे छ, ‘यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन । यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।

बैठकको निर्णयमा नेताहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले असहमति जनाएका छन् ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको यस्तो निर्णयसँगै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा सक्रिय राजनीतिमा फर्कने प्रयास असफल हुने भएको छ । एमालेले पार्टी विधानको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाउनुभएकाे थियाे । एमालेले पार्टी र राष्ट्रले दिएको सम्मानमा कुनै कमी नहुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय