४३ औं बिपि स्मृति दिबसमा स्याङ्जामा विविध कार्यक्रम

२०८२ श्रावण ७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खडका
स्याङ्जा, ७ असार । ४३ औं बिपि स्मृति दिवस र समाजवाद लाई प्राथमिकतामा राख्दै नेपाली कांग्रेस स्याङ्गजाले विविध कार्यक्रम गरी बिपीको चिन्तनमा बिपी स्मृति दिवस सम्पन्न गरेको छ।

नेपाली कांग्रेस स्याङ्गजाले शहीद चोक मा विपीको तस्बिरमा माल्यार्पण गर्दै फेदीखोला गाउँपालिकामा रहेको बालगृहमा एक कार्यक्रमका बीच खाद्य सामग्री वितरण गरेर मनाएको छ।

कार्यक्रममा नेपाली कांग्रेस स्याङ्गजा सभापित, संघीय सांसद राजु थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। समाजिक कार्यमा प्रेरणा दिलाउनकोको लागि कार्यक्रम गरिएको बताउँदै संघीय सांसद थापाले चालीस भन्दा बढी अनाथ बाल बालिकाको सेवा गरेर उदाहरणीय कार्य गरेको भन्दै बालगृह सञ्चालक कमला पराजुलीको हिम्मत र साहसको प्रसंशा गर्नु भयो। उहाँले आत्मबल लिएर अघि बढेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेको जिकिर गर्दै बाल गृह राजनैतिक रुपमा नभई विशुद्ध र पवित्र सामाजिक भावमा अघि बढेको उल्लेख गर्नुभयो।

सांसद थापाले यस बीचमा विपीको एक पोइन्ट विचार मात्र हाम्रो शरीरमा रह्यो भने देशमा धेरै परिवर्तन हुने बताउँदै बीपीका संघर्षका विषय प्रधानमन्त्री भएरपनि पासपोर्ट नपाएका विषय बिरामी भएर पनि उपचार नपाएका विषय उल्लेख गर्दै संघर्ष र पहलले सफलता दिलाउने थापाले बताउनुभयो। त्यसैगरी उहाँले इतिहास बुझेर अघि बढ्न आवश्यक रहेको र ४८ साल पछि धेरै परिवर्तन भएको र विविध आन्दोलनले देश धेरै पछि धकेलिएको उल्लेख गर्नुभयो। जनप्रतिनिधिको हैसियतले आफूले मन्त्रालय र जनता बीच विकासको क्षेत्रमा पुलको कार्य गरेको र सिफारिशमा अघि बढेको बताउँदै निराशा लाई मात्र सेयर नगरी उपलब्धि र परिवर्तन लाई प्रचार गर्न पनि आवश्यक रहेको समेत बताउनु भयो।

 

त्यसैगरी त्रिभुवन आदर्श क्याम्पस बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा क्यामपस परिसरमा वृक्षरोपण कार्यक्रम गरी विपीको ४३ औं स्मृति दिवस र विपीको चिन्तन गरेको पुतलीबजार नगरपालिका नेपाली कांग्रेस नगर सभापति सुरज कुमार अधिकारीले जानकारी दिनुभयो।

त्यसैगरी विरुवा गाउँपालिकाको पुष्प गाउँमा आवास बनाएर चाबी हस्तान्तरण कार्यक्रम गरी सामाजिक जिम्मेवारी र भाबना माथि प्रेरणा दिने काम गर्दै विपीको ४३ औं बिपि स्मृति दिवस र विपीको चिन्तन गरी मनाएको छ।

त्यसैगरी नेपाली कांग्रेस भिरकोट नगरपालिकाले भिरकोट वडा नम्बर एक मा ४३ औं बिपि स्मृति दिवसको चिन्तन गर्दै सामाजिक सांस्कृतिक धार्मिक महत्वलाई प्राथमिकतामा राख्दै द्वीप प्रज्वलन गरेको छ।

विविध सामाजिक क्षेत्रमा पार्टी लाई र भातृ सस्थालाई आबद्द गर्ने र सिकाउने उद्देश्य सहित सामाजिक सेवाका कार्यमा अग्रसरता देखाउँदै विपीको चिन्तन गर्दै ४३ औं बिपि स्मृति दिवस नेपाली कांग्रेसले मनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय