राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३६औं वार्षिकोत्सव सम्पन्न

२०८२ श्रावण ७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ ,७ साउन ।  राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आफ्नो ३६औं वार्षिकोत्सव मंगलबार विविध कार्यक्रमहरूमार्फत भव्य रूपमा सम्पन्न गरेको छ ।

पेशागत महासंघका अध्यक्ष पुण्यप्रसाद ढकालले प्रमुख अतिथि रहेको मूल समारोहमा उहाँले श्रमिकको रोजगारी र सेवासुविधा सुनिश्चित हुन सकेमा उत्पादकत्वमा स्वतः वृद्धि हुने धारणा व्यक्त गर्नुभयाे । बैंकमा हाल चलिरहेको आन्दोलनमा महासंघले ऐक्यबद्धता जनाउँदै आवश्यक पहलकदमी लिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयाे ।

संघका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले पुराना सम्झौताहरू कार्यान्वयन नभएकोप्रति चिन्ता व्यक्त गर्दै अब बाध्यात्मक आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभयाे ।

कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थितिसँगै सेवाप्रति योगदान पुर्याउने कर्मचारीहरूलाई सम्मान गरिनुका साथै निबन्ध र खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।

यस अवसरमा संघको कर्णाली प्रदेश समितिलाई उत्कृष्ट कार्यसम्पादनको आधारमा सम्मान गरिएको थियो । त्यस्तै, ‘उपदान प्रणालीको प्रभाव’ विषयक निबन्ध प्रतियोगितामा जानकी कुमारी न्यौपाने प्रथम हुनुभएकाे थियाे ।

कार्यक्रममा केन्द्रका अलावा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश समितिहरूले समेत विविध सामाजिक र अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरेका थिए ।

संघको यो वार्षिकोत्सव रक्तदान, खाद्यान्न वितरण, वृदाश्रम र बालगृहमा सेवा, तथा विपन्न विद्यार्थीलाई सामग्री वितरण जस्ता सामाजिक उत्तरदायित्वका कार्यमार्फत अर्थपूर्ण रूपमा सम्पन्न भएको हो ।

facebook sharing button
twitter sharing button
pinterest sharing button
sharethis sharing button

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय